१० दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

1156
0
Share:

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: