
तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । भानु नगरपालिका–५ मैबल(गरमभन्ज्याङ्ग)का ६६ वर्षीय रामबहादुर श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।
श्रेष्ठ गत असार २३ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।
मृतकको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब सङ्कलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
