
काठमाडौँ । नेपालमा थप ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै धनुषामा १९ जना संक्रमित थपिएको छ ।
यस्तै सुर्खेतमा ११ जना, कालीकोटमा ७ जना, तनहुँमा ६ जना, काठमाडौँ र चितवनमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मोरङ, पर्वत, रुकुम पश्चिम, बाग्लुङ, लम्जुङ, डडेलधुरा र कैलालीका २/२ जना तथा झापा, सर्लाही, सिन्धुपाल्चोक, मकावनपुर, सिन्धुली, ललितपुर, सोलुखुम्बु, नवलपरासी पूर्व, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, दैलेख, बझाङ र दार्चुलाका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेको छ। हालसम्म ३८ कोरोना संक्रमितको भने मृत्यु भएको छ।
थप १४७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप १४७ जना संक्रमित डिस्चार्ज छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा हालसम्म ८ हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन्।
