कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो, १ करोड ४० लाख बढी संक्रमित

Share:

काठमाडौँ । विश्वमा कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा ६ लाख ६ सय ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४० लाख ३७ हजार २१ पुगेको छ भने ७८ लाख १८ हजार ४ सय ९ जना संक्रमित उपचार पछि निको भएका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३६ लाख ३८ हजार २ पुगेको छ भने १ लाख ३९ हजार १ सय २८ संक्रमितको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या २० लाख ४६ हजार ३ सय २८ पुगेको छ भने ७७ हजार ८ सय ५१ संक्रमितको मृत्यु भएको छ।

यता भारतमा संक्रमितको संख्या १० लाख ३ हजार ८ सय ३२ पुगेको छ भने २५ हजार ६ सय २ संक्रमितको मृत्यु भएको छ। रुसमा संक्रमित संख्या ७ लाख ५८ हजार १ पुगेको छ भने १२ हजार १ सय ६ संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: