देशभर बदली र वर्षाः केही स्थानमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

Share:

पोखरा । अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरी साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले देशभर पूर्ण बदली रही धेरै स्थानमा वर्षा बढ्ने सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नदी तथा खोला आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: