गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान प्रदेशका ३ जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा म्याग्दी, बागलुङ र स्याङ्जाका ३/३ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या भने १०२० रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: