
पोखरा । रोटरी क्लब अफ पोखरा फिस्टेलको १८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०१९ र २० का अध्यक्ष रो.अर्जुन थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी दिंदै थापाले सामाजिक सेवाका हेतुले स्थापना भएको यस क्लबले रुपमा शिक्षा स्वास्थ लगायतका विभिन्न क्षेत्रमा काम गर्नुका साथै लक्षित समूह केन्द्रित कार्य सम्पन्न गरि यस क्षेत्रमा उत्कृष्ट क्लबको रुपमा स्थापित हुन सफल भएको बताए। आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण रोटरीयन र शुभचिन्तक, सहयोगदाता प्रति आभार समेत व्यक्त गरेका थिए। बर्ष २०२० र २१ का अध्यक्ष रमेश प्रसाद कोईरालाले आफ्नो कार्यभार ग्रहण गर्दै कोरोनाको यो बिषम परिस्थितिमा क्लबले बिभिन्न क्षेत्रमा कार्य गर्नुपर्नै र थप जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।
विश्व शान्ती र कोविड १९ को महामारीको समाप्तीको कामना गर्दै संचालन भएको सो कार्यक्रममा उनले आफ्नो कार्यकालमा रोटरीको उद्देश्य अनूरुप प्रभावकारी कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका थिए। यस बर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रिक गर्भनर राजिव पोख्रेलले बिद्युतिय प्रणाली मार्फत सम्बोधन गर्दै प्रत्येक रोटरीयनहरु निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुनुपर्ने बताए। कोरोनाको कहरबाट विश्व आक्रान्त बनेको बेलामा लक्षित समूहलाई सहयोग गर्नुपर्ने भएका कारणले अन्तराष्ट्रिय स्तरबाट पनि सहयोग जुटाउनु पर्नै अवस्थालाई मध्यनजर राख्दै ग्लोबल ग्रान्ट प्राप्त गर्नका हामीले पनि रोटरी कोषमा रकम सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । यसका साथै सोहि अवसरमा उनले रोटरीयनले पूरा गर्नुपर्नै दायित्व र विभिन्न पक्षबारे जानकारि समेत दिएका थिए।
सोहि कार्यक्रममा एसिस्टेन्ट गर्भनर दुर्गादत्त आचार्यले कार्यक्रमको सफलताको कामना गर्दै रोटरी क्लबको आवश्यकता र यसले समाजमा कसरी योगदान पुरयाउन सक्छ भन्ने बारेमा प्रकाश पारेका थिए। नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलको पूर्ण पालना गर्दै सम्पन्न भएको सो कार्यक्रममा एसिस्टेन्ट गर्भनरहरु मिनु कुँवर र बिष्णुहरि तिमिल्सिनाको बिशेष उपस्थिति रहेको पनि थियो भने आफ्नो कार्यकालमा प्रभावकारी कार्य गर्नुभएका रोटरीयनलाई अध्यक्ष अर्जुन थापाले मायोको चिनोले सम्मान व्यक्त गरेका थिए । उक्त कार्यक्रमको संचालन वर्ष २०२० र २१ का सचिव रबिन्द्र केसीले सञ्चालन गरेका थिए भने रो. पूर्व अध्यक्ष लक्ष्मी थापा गिरीले स्वागत र रो. बासु त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए । सोहि कार्यक्रममा सहसचिव कमला गिरीले विशेष अतिथीको जिवनी र पूर्व अध्यक्ष रमाकान्त बरालले अध्यक्ष रमेश कोईरालाको जीवनी प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु, बिभिन्न क्लबका अध्यक्षहरु, रोटरीयन , रोट्र्याक्ट, ईट्रयाक्ट हरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

