थप १५० जनामा कोरोना पुष्टि, ६०९ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै धनुषमा २९ जनामा संक्रमित थपिएका छन् ।

यस्तै कञ्चनपुरका २० जना, महोत्तरीका १४ जना, दैलेखका १० जना, उदयपुर र काठमाडौँका ८/८ जना, चितवन र मकावनपुरका ५/५ जना, डोटी, बझाङ र कैलालीका ४/४ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै सर्लाही, मोरङ,गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३/३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २/२ जना तथा सप्तरी, काभ्रेपलाञ्चोक, नुवाकोट, ललितपुर, र नवलपरासीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ९९४ जना पुगेको छ।

थप ६०९ जना संक्रमणमुक्त

विगत २४ घण्टायता थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६९ दशमलव ३४ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

विगत २४ घण्टायता ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको भने मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: