आजदेखि मापसे जाँच पुनः सुचारु

Share:

काठमाडौँ । सवारी चालकको मादक पदार्थ सेवन (मापसे) परिक्षण बुधबारदेखि पुनः सुरु गरिएको छ । गत चैत ११ देखि रोकिएको मापसे परिक्षण आजदेखि शुरु भएको ट्राफिक महाशाखाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड –१९) को संक्रमण जोखिमका कारण सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेरसँगै आजदेखि मापसे परिक्षण सुरु गरिएको जनाएको छ ।

महाशाखाका अनुसार स्वास्थ्य सावधानी अपनाउँदै चार महिनापछि आजबाट परिक्षण सुरु गरिएको हो । साथै, नियमित मापसे कक्षासमेत सुचारु गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: