पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

Share:

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो ।

पहिरो खस्ने क्रम जारी रहेको र पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: