कोरोनाका कारण थप एक जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। पर्साको वीरगन्ज– ११ निवासी ८५ वर्षीया महिलाको आज (शुक्रबार) विहान नारायणी अस्पतालमा निधन भएको हो ।

ती महिलामा मुटु रोग र निमानियाको समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती महिलामा साउन ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: