भारतको मध्यप्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

Share:

काठमाडौँ । भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएपछि उनलाई भोपालस्थित चिरायु अस्पताल भर्ना गरिएको छ।

चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । उनले आफूलाई कोरोना पोजेटिभ देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र क्वारेन्टाइनमा जान सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘मलाई कोभिड–१९ को लक्षण देखिएको थियो, परीक्षणपछि रिपोर्टमा संक्रमण पुष्टि भयो, मेरो सम्पर्कमा आएकाहरुले कोरोना भाइरस परीक्षण गराउनुहोला, मेरो निकट सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा बस्नुहोला।’

उनले कोरोना भाइरस दिशानिर्देशनहरुको आफूले पालना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट बँच्न सावधानी अपनाउन प्रदेशवासीलाई अपील गरेका छन्।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार २४ पुगेको छ भने ३१ हजार ३ सय ५८ संक्रमितको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: