सुनको भाउ आज पनि बढ्यो

545
0
Share:

काठमाडौँ । सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ। आजका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो।

कमेन्ट गर्नुहोस्
Share: