
तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पा स्थित मस्र्याङ्दी नदीमा एक युवकले हाम फालेका छन् ।
आइतबार दिउँसो करिब १ः१० बजे ३१ वर्षीय कृष्ण भट्ट हाम फालेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गोरखा पालुङटार नगरपालिका–८ घर भएका भट्ट हाल डुम्रे बजारमा आयुषा ईलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका थिए । उनी किन हाम फाले भन्ने कारण खुलेको छैन ।
उनको खोजीकार्य तथा घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
