स्याङ्जाका १८ सहित गण्डकी प्रदेशमा २२ कोरोना संक्रमित थपिए

Share:

पोखरा । स्याङ्जाका १८ सहित गण्डकी प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार स्याङ्जाका १८, कास्कीका २ र लमजुङका २ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीको ४२ र ३० वर्षका २ पुरुष, लमजुङका ३१ र २३ वर्षका २ पुरुष तथा स्याङ्जाका २७ देखि ४६ वर्ष समुहका १७ पुरुष र एक २६ वर्षीया महिला रहेका छन् । स्याङ्जाका सबै संक्रमित पुतलीबजारका रहेको जनाइएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: