सुनको मुल्य तोलाको ९८ हजार नाघ्यो

404
0
Share:

काठमाडौँ । सुनको मुल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

आज तोलामा ७ सय रुपैयाँले बढेर सुनको मुल्यले तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।

कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । यही क्रम जारी रहे केही दिन मै सुनको मुल्य तोलाको एक लाख रुपैयाँ कट्ने संभावना देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: