
काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
गत शुक्रबार (साउन ९ गते) मृत्यु भएका बझाङका ६५ वर्षीय पुरुषको कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै डोटीका ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौँका ४८ जना, कपिलवस्तुका ३४ जना, स्याङ्जा र कैलालीका १८/१८ जना, मोरङका १७ जना, अछामका १६ जना, सप्तरीका १५ जना, पर्साका १४ जनामा संक्रमण देखिएको हो ।
यसैगरी धनुषाका ९ जना, महोत्तरीका ८ जना, दाङ र नवलपरासी पूर्वका ६/६ जना, बाराका ५ जना, सिन्धुपाल्चोक र ललितपुरका ४/४ जना, झापा, बाँके, सुर्खेत र बझाङका ३/३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्की, लम्जुङ र रुपन्देहीका २/२ जना तथा ओखलढुङ्गा, इलाम, भक्तपुर, नुवाकोट, गोरखा, रामेछाप, सर्लाही, नवलपरासी, रौतहट, मकावनपुर, दैलेख, दार्चुला र कञ्चनपुका एकएक जनामा कोरोना संक्रमण देखिएको छ ।
बुङ्गल गाउँपालिका–३ स्थायी घर भएका उनी असार २४ गते भारतको बैंग्लोरबाट आएका थिए । उनी १४ दिन क्वारिन्टीनमा बसेर साउन ६ गते घर गएका थिए ।
उनी दमका रोगी भएको बताइएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
