गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार बेलुका गण्डकी प्रदेशका दुई जिल्लाका ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशानालय गण्डकीले जनाएको छ ।

निर्देशानालयका अनुसार स्याङ्जाका २५ जना र बाग्लुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्गजाको अर्जुनचौपारी गाउँपालिकाका २५ देखि ३५ वर्षका ४ जना पुरुष, वालिङ नगरपालिकाका २७ वर्षीय १ जना पुरुष र पुतलीबजार नगरपालिका २८ महिने बालक सहित २२ देखि ४२ वर्षका १८ जना पुरुष तथा २३ र ५७ वर्षीया २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाग्लुङको निसीखोला गाउँपालिकाका २६ देखि ३५ वर्षका ५ जना पुरुष र बरेंङ गाउँपालिकाका ३३ वर्षीय १ जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: