कास्कीका ३ जनासहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ३ जनासहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विहान कास्कीका ३ जनासहित, म्याग्दीका २ जना र तनहुँका १ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ । संक्रमित मध्य गण्डकीमा हालसम्म १ हजार २ सय ४३ जना उपचार पछि निको भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: