हराएका दवाडी नौ दिनसम्म पनि फेला नपरेपछि परिवार चिन्तामा

Share:

पोखरा । मादी गाउँपालिका वडा नं ९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९ भण्ढारढिक आदर्श चोक बस्दै आएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।

यही साउन ८ गते विहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उनका छोरा सुरेन्द्र दवाडीले जानकारी दिए ।

परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका साथै सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उनले बताए ।

कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: