
काठमाडौँ । नेपालमा थप २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २२४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौँ का ३२ जना, बझाङका २५ जना, कञ्चनपुरका १८ जना, दार्चुलाका १६ जना, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ जना, बैतडीका १० जना, बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३/३ जना, मा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै म्याग्दी, नुवाकोट, नवलपुर, गुल्मी र दैलेखका २/२ जना तथा तनहुँ, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही, सप्तरी, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १५१ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ।
