महोत्तरीको जलेश्वर नगरपालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी

1066
0
Share:

महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो।

जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँच दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख छ ।

महोत्तरीमा अहिलेसम्ममा आठ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक संक्रमितको मृत्यु भएको छ । त्यहाँ हालसम्म तीन सय ४४ जना उपचारपछि निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: