गण्डकी प्रदेश सहयोग समिति हङकङद्वारा प्रदेश सरकारलाई १३ लाख ५ हजारको स्वास्थ्य सुरक्षा सामग्री सहयोग

Share:

पोखरा । कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेको बेला गण्डकी प्रदेशबाट हङकङलाई कर्मभुमि बनाएका नेपालीले जन्मभुमिलाई सम्झेका छन्। दुःखको बखत तन हङकङ भए पनि मन जन्मभुमि नेपालको गण्डकी प्रदेशमै बनाएका हङकङबासीले गाउँघर, परिवार सम्झेर गण्डकी प्रदेश सरकारलाई सघाएका हुन् ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई हङकङबासीले १३ लाख ५ हजारको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरी सहयोग गरिएक्रो थियो। कोभिड १९ गण्डकी प्रदेश सहयोग समिति हङकङद्वारा संक्रलित सहयोगबाट स्वास्थ्य सुरक्षा सामग्री खरिद गरिक्रो थियो।

उक्त सामग्री कोभिड १९ गण्डकी प्रदेश सहयोग समिति हङकङका प्रतिनिधी युवा समाजसेवीहरु बिरोध विक्रम गुरुङ, शशीकुमार गुरुङ, चन्द्र गुरुङ, अमृत गुरुङ, शंकर गुरुङले स्वास्थ्य सुरक्षा सामग्रीहरु १५० सेट पिपिई, २५० वटा थर्मल गन,के एन ९५ मास्क ६ हजार, रबर ग्लोब्स ५ हजार वटा सहयोग हस्तान्तरण गरेका हुन् । १०९ जनाबाट हङकङ डलर ८४ हजार ९ सय अर्थात नेपाली रुपैया १३ लाख ५ हजार संकलन गरी उक्त रकमबाट स्वास्थ्य सामग्री खरिद गरी गण्डकी प्रदेश सरकारलाई सहयोग हस्तान्तरण गरेको हो । हाम्रो गण्डकी, राम्रो गण्डकी प्रदेश बनाउन उक्त सहयोग गरेको बताइएको थियो।

यसै बिच हङकङलाई कर्मथलो बनाएक्रा समाजसेवी लमजुङ क्होलासोंथर गाउँपालिक्रा पस गाउँ जन्मगाउँ भएक्रा दिलिप गुरुङले क्होलासोंथर गाँउपालिकालाई ८० हजार मुल्य बराबरको २० वटा थर्मल गन, सर्जिकल मास्क १ हजार, के एन ९५ मास्क १ सय, प्लाष्टिक ग्लोब्स १ हजारवटा सहयोग हस्तान्तरण गरिएको थियो। उक्त स्वास्थ्य सामग्री चन्द्र गुरुङले क्होलासोंथर गाउँपालिक्रा उपाध्यक्ष कुमारी मुनी गुरुङलाई हस्तान्तरण गरेका थिए ।

सहयोग ग्रहण पश्चात मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङमा रहेर जन्मभुमिको समस्यामा साथ दिएकोमा धन्यवाद दिए । सहयोग कति होइन कुन बेलामा भन्ने महत्वपुर्ण हुन्छ भन्दै महामारी बिचबाटै प्रदेश सरकारको समस्यालाई आफ्नै ठानी सहयोग अभियान गर्ने अभियन्ताहरुलाई धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोग पुर्ण सदूपयोग हुने बताए । सहयोगीहरु कै साथले अन्य प्रदेशहरु भन्दा गण्डकी प्रदेशमा संक्रमण कम भएको बताए ।

युवा समाजसेवी बिरोध बिक्रम गुरुङक्रो अध्यक्षतामा भएक्रो कार्यक्रममा चन्द्र गुरुङले स्वागत र शशी कुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: