नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि, ३५८ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना भाइरस (कोमिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

सहित नेपालमा निको हुनेको संख्या १४ हजार ९६१ जना पुगेको छ ।

हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: