कास्कीको अन्नपूर्णमा जीप दुर्घटना हुँदा एकको मृत्यु

Share:

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भएको दुर्घटनामा जीप चालक ४० वर्षीय सोमप्रसाद शेरचनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुस्ताङ घर भएका शेरचनको घटनास्थलमै मृत्यु भएको हो ।

पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नं.को बोलेरो जीप मंगलबार दिउँसो १ः३० बजे वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको बताइएको छ ।

घटनाका बारे थप अनुसन्धान भइरहेको पश्हरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: