
पोखरा । पोखरामा बुधबार लोडरकोे ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
आज मध्यान्ह करिब ११ः४५ बजे पोखरा–२९ सैनिक घाटमा ग १ क ३८९४ नम्बरको लोडरको बकेटले लागेर गोरखाका ३५ वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो ।
हाल पोखरा–२७ अर्घौचोक बस्दै आएका गुरुङ लोडरको ठक्करबाट घाइते भएकोमा उपचारका लागि चरक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।
मृतक गुरुङले चलाएको ग १ त ६२०९ नंम्वरको ट्याक्टर घाटबाट बालुवा निकाल्ने क्रममा पानीमा फसेको थियो । सोही ट्याक्टर निकाल्न ल्याइएको लोडरको बकेटले लागेर उनको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
ट्याक्टर, लोडर र लोडर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
