आजको मौसम देशभर कस्तो रहन्छ?

417
0
Share:

काठमाडौँ । बिहीबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही कमजोर जस्तो भए पनि मनसुनी गतिविधि सक्रिय नै रहेको महाशाखाले जनाएको छ ।

आज गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

वर्षासँगै देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: