
काठमाडौँ । लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।
मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताइएको छ ।
लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धान गर्न उक्त बिस्फोटक पदार्थलाई भण्डारण गर्ने, सुरक्षा दिने र त्यससम्बन्धी कागजातका काम गर्ने काममा संलग्न सबै बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ।
लेबनानका प्रधानमन्त्री हसन दिआबले घटनालाई भयावह भन्दै दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।
बिस्फोटका कारण ५ अर्ब डलरभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यो पनि पढ्नुहोस्ः
लेबनानको बेरुतमा भयानक विष्फोट, ७० जनाको मृत्यु, ४ हजार बढी घाईते
