
काठमाडौँ । नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा २ सय ३३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना पुगेको छ ।
कमेन्ट गर्नुहोस्
