आज रातिदेखि पानी पर्ने क्रम बढ्ने

Share:

पोखरा । आज रातिदेखि पानी पर्ने क्रम बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउन लागेकाले रातिदेखि दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा पानी पर्ने क्रम बढ्ने महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

आज दिउँसो देशभरिकै मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ ।

यस्तै राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने जनाइएको छ ।

यसैबिच देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: