
पोखरा । पोखराका ३ सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार दिउँसो कास्कीको पोखरा महानगरका २ पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष, स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।
यसैगरी गण्डकीमा १ हजार ४ सय ४३ जना संक्रमित निको भइ घर फर्किएको पनि निर्देशनालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

