क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य सभापति कोइराला

Share:

पोखरा । गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य हुने बताए । पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक खेलको पर्यटन गन्तव्यस्थलको लागि महत्वपूर्ण ठाउँरहेको बताए ।

त्यहाँ रहेको झरनामा आफैले आइतबार क्यानोनिङ गरेपछि सभापति कोइरालाले लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । सभापति कोइरालाले त्यसठाउँको विकासको लागि आफुले विशेष पहल गर्नेपनि जनाए ।

क्यानोनिङ अबलोकनको लागि पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले भुर्तेल गाउँ र वास्तोला गाउँमा रहेको अत्यन्तै रमणीय रोलाखोला र ढोडेनी खोला झरना, क्यानोनिङ लगायतका साहसिक खेलको लागि उत्तम रहेको बताए । उनले त्यस क्षेत्रको विकासको लागि आफुले समन्वय गर्ने जनाए ।

साहसिक पर्यटनमा रुचि राख्नेहरुको लागि पोखरा महानगरभित्रै रहेको क्यानोनिङ आर्कषर्णको नयाँ गन्तव्य हुने वडा नं.२८का वडाध्यक्ष निर्मल दियालीको भनाई छ । ६० मिटर अग्लो रहेको झरनाबाट अहिले सम्म दुई सय जनाले क्यानोनिङ गरेको क्यानोनिङ मास्टर रोशन त्रिपाठीले जानकारी दिए।

२०७५ सालदेखि त्यहाँ बाट क्यानोनिङ हुने गरेको भएपनि अहिले लकडाउन सँगै चर्चामा आएको त्रिपाठीको भनाई छ । नेपालमा कास्की, लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा क्यानोनिङ गरिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: