
काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकै दिन १ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २४ घण्टामा १ हजार १३ जनाको मृत्यु भएको हो । हालसम्म भारतमा मृत्यु हुनेको संख्या ४३ हजार ३ सय ७९ पुगेको छ।
यस्तै भारतमा कूल संक्रमितको संख्या २१ लाख ५३ हजार १० पुगेको छ । त्यहाँ एकैदिन ४३ हजार ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
भारत कोरोना संक्रमणबाट विश्वकै तेस्रो प्रभावित मुलुक हो ।
कमेन्ट गर्नुहोस्
