पोखराका २ सहित गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका थप २ जना सहित गण्डकी प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशका ५ जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय पुरुष र वडा नम्बर २६ का ४० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी पूर्वका ३७ वर्षीय पुरुष र ३२ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्वतका ५२ वर्षीय पुरुष, स्याङ्जाका ४५ वर्षीया महिला र तनहुँका ३४ वर्षीय २ जना पुरुषमा पनि कोरोना भाइरस देखिएको निर्देशनालयले जानकारी दिएको छ ।

उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइहरेको निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ६ सय २० पुगेको छ ।

यसैगरी गत २४ घण्टामा कास्कीबाट ७ जना कोरोनामुक्त भइ घर फर्किएको निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: