आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

Share:

पोखरा । सुनचाँदीको मूल्यमा आज (सोमबार) सामान्य गिरावट आएको छ ।

सुनको मूल्य सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैँयाले घटेर सोमबार १३९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा १४१० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: