नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण

Share:

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् । योसहित नेपालमा हालसम्म १६ हजार ४९३ उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। सोमबारसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: