
पोखरा । आज (मंगलबार) पनि देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले अधिकांश स्थानका मौसम विस्तारै खुलेपनि बेलुकातिर फेरि बदली हुने जनाइएको छ ।
आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्
