
बागलुङ। बागलुङको चुङ खोलाको किनारमा एक महिला मृत फेला परेकी छन् ।
मंगलबार अन्दाजी विहान ११ः५० बजे बागलुङको निसिखोला गाउँपालिका–७ चेलावाङ स्थित चुङ खोलाको किनारमा ६७ वर्षीया क्रमती घर्तिमगरको शव फेला परेको प्रहरीले जनाएको छ ।
बागलुङ निसिखोला गाउँपालिका–६ रोवाङकी घर्तीमगरको शव विहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको सनाखत उनको आफन्तले गरेका थिए । मृत्युको कारण भने खुलाइएको छैन । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
