सुनको मूल्यमा भारी गिरावट, कति छ आज मूल्य?

Share:

काठमाडौँ । नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने भारी गिरावट आएको छ ।

तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो पटक घटना हो ।

सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । हिजो पनि सुनको मूल्य प्रतितोला रु ८ सय ले घटेको थियो ।

यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: