नेपालमा थप ४८४ जनामा कोरोना पुष्टि, ६४ संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ जना पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन्। मन्त्रालयकाअनुसार जानकारी दिएको छ। हालसम्म ६८.४ प्रतिशत संक्रमित निको भएका हुन् ।

हाल देशभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हाल १४ हजार ८ सय ४६ जना क्वारेन्टीनमा छन्। पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: