महिला पर्यटन व्यवसायीद्वारा पर्यटन मजदुरलाई राहत वितरण

Share:

पोखरा । पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड— १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरहरुलाई राहत वितरण गरेको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारीले कोभिड— १९, ले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको बताए । उनले सरकारले भ्रमण वर्ष— २०२० लाई घोषणा गरेपछि पर्यटन क्षेत्रमा व्यवसायीले करौडाँै लगानी बढाएको र लगानी डुब्ने अवस्थामा रहेको धारणा राखे। सरकारले पनि पर्यटन क्षेत्रमा परेको असर अवस्थालाई मिल्नेसम्मको सहयोग गरेको उनको भनाइ थियो ।

पर्यटन व्यवसायी महिलाहरुले पर्यटन क्षेत्रमा गर्दै आएको सामाजिक कार्यसँगै संकटको अवस्थामा मजदुरको समस्यालाइ बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले व्यवसायी महिलाले कोभिड —१९, को असरमा परेका पर्यटन मजदुरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको बताए। उनले पर्यटन क्षेत्रमा पछिल्लो दिनहरु निकै कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाउँदै समस्यामा सजगताका साथ अगाडी बढ्न आग्रह गरे ।

वडा नं. ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रमा परेको संकटमा अहिले धैर्य भएर सामना गर्नुपरेको बताए । कोरोनाको संक्रमण ठूलो देखिए पनि आत्तिएर भन्दा सुरक्षित भएर यसबाट जोगिनु पर्ने बताए ।

महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पहारीले पर्यटन क्षेत्रमा लागेका मजदुर र व्यवसायी एक सिक्काका दुइ पाटा रहेको बताए । उनले यस्तो अवस्थामा एक अर्कालाई सक्दो सहयोग गर्नुपर्ने उदेश्यका साथ संस्थाले वार्षिक उत्सव पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको बताए ।

लायन्स क्लव अफ पोेखरा अञ्जुलीको तर्फबाट डिष्ट्रिकका एनएलएफ चिफ लायन दुर्गा ढकालले व्यवसाय सँगसँगै मानवीय सेवामा पनि व्यवसायी महिला सक्रिय रहेको धारणा राखे ।

कार्यक्रमा पर्यटन क्षेत्रमा काम गर्ने ३० जना मजदुरहरुलाई चामल, दाल, तेल, नुन लगायतका सामाग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
Share: