सिन्धुपाल्चोकको जुगलमा पहिरोः १३ घर पुरिए, ५ घरका सदस्य सम्पर्कविहीन

722
0
Share:

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामा टोलमा आज पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् । आज विहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।

अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताएका छन् ।

यसअघि १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: