मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Share:

पोखरा । अहिले देशभरको मौसम सामान्यतया बदली रही धेरै स्थानमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले मौसम बदली तथा वर्षा भएको हो ।

आज दिउँसो तथा राति देशभरको मौसम सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

वर्षासँगै बाढी र पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: