विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १३ लाख नाघ्यो, १ करोड ३३ लाख निको भए

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या २ करोड १३ लाख नाघेको छ। हालसम्म संक्रमितको संख्या २ करोड १३ लाख ५९ हजार १ सय ६६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको हो।

यस्तै विश्वमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ लाख ६८ हजार ८ सय ६४ पुगेको छ भने १ करोड ३३ लाख ६२ हजार ३ सय जना उपचारपछि निको भएका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५६ हजार २ सय ४४ पुगेको छ भने त्यहाँ १ लाख ६९ हजार ४ सय २३ जनाको संक्रमणबाट मृत्यु भएको छ।

यसैगरी, ब्राजिलमा संक्रमितको संख्या ३३ लाख १७ हजार ९६ पुगेको छ भने त्यहाँ १ लाख ७ हजार २ सय ३२ को मृत्यु मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २६ हजार १ सय ९२ पुगेको छ । त्यहाँ ४९ हजार ३६ को संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै रुसमा संक्रमित संख्या ९ लाख १५ हजार ८ सय ८ पुगेको छ भने १५ हजार ५ सय ८५ को मृत्यु भएको छ । दक्षिण अफ्रिकामा संक्रमित संख्या ५ लाख ८३ हजार ६ सय ५३ पुगेको छ भने त्यहाँ ११ हजार ६ सय ७७ को मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: