
पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एकएक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल लिटरको १ सय ५ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेल लिटरको ९१ रुपैयाँ पर्नेछ ।
इन्डियन आएल कर्पोरेसनले मूल्य बढाएका कारण नेपालमा मुल्यवृद्धि भएको निगनले जनाएको छ ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ ।
कमेन्ट गर्नुहोस्
