
काठमाडौँ। कोरोना संक्रमणबाट पूर्व क्रिकेटर एवं भारतको उत्तर प्रदेशका होमगार्ड मन्त्री चेतन चौहानको निधन भएको छ । उनका भाइ पुष्पेन्द्र चौहानले मृत्युको पुष्टि गरेका हुन्।
७२ वर्षीय चेतनलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चेतनकोे उपचार गुरुग्रामस्थित मेदान्ता अस्पतालमा भइरहेको थियो। कोरोना पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उनको अन्त्येष्टि मंगलबार हुने जनाइएको छ ।
यसअघि उत्तर प्रदेशकी मन्त्री कमलारानी वरुणको पनि कोरोनाका कारण निधन भएको थियो।
भारतमा हालसम्म मृत्यु हुनेहरुको संख्या ४९ हजार ९ सय ८० पुगेको छ भने संक्रमितको संख्या २५ लाख ८९ हजार ६ सय २२ पुगेको छ।
कमेन्ट गर्नुहोस्
