
स्याङ्जा । स्याङ्जामा चितुवाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । सोमबार दिउँसो २ बजे चितुवाले आक्रमण गर्दा वालिङ नगरपालिका–११ स्वरेक टापुका ६७ वर्षीय खगीस्वरा पंगेनी घाइते भएका हुन् ।
पंगेनीलाई आफ्नै घरको आँगनमा बसिरहेको अवस्थामा एक्कासी चितुवाले आक्रमण गरेको थियो । उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
