
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ । आज (मंगलबार) विहान कास्की सहित ३ जिल्लाका ८ जना र हिजो (सोमबार) राति कास्की सहित ६ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमित संख्या १ हजार ७ सय ६४ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार विहान कास्कीको पोखरा महानगरका ४ जनासहित नवलपुर र बाग्लुङका २,२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका–६ का २३ र २८ वर्षका २ पुरुष तथा वडा नखुलेको पोखराका ५० र २५ वर्षका २ महिला छन्।
यस्तै नवलपुरको कावासोती नगरपालिका–२ का १४ वर्षीया बालिका र ३७ वर्षकी महिला तथा बाग्लुङ बरेङ गाउँपालिका–२ का २५ वर्षीया महिला र ६ वर्षीय बालकमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी सोमबार राति कास्कीको पोखरा महानगरका ११ जनासहित तनहुँका २ जना तथा स्याङजा, बागलुङ, लमजुङ र नवलपुरका १(१ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार महानगरका ४, ७, ९, १६, १७, २७ र ३० नं. वार्डका १० वर्षीय बालक देखि ८७ वर्ष उमेर समुहका ११ जनामा सोमबार राति कोरोना देखिएको हो । महानगरमा कोरोना पुष्टि हुनेमा १० वर्षीय बालकसहित ७ पुरुष र ४ महिला रहेका छन् ।
त्यस्तै तनहुँका २३ र ३१ वर्षीया २ महिला तथा स्याङजका ६० वर्षीय पुरुष, बागलुङका २६ वर्षीय पुरुष, लमजुङका ३० वर्षीय पुरुष र नवलपुरका २८ वर्षीय पुरुषमा कोरोना संक्रण देखिएको छ ।


