१०१ बर्षमा अस्ताए राष्ट्रकवि

Share:

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।

उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै कपुरधारास्थित निवासमा निधन भएको बुहारी विजेता घिमिरेलाई उद्दृत गर्दै गोरखापत्रको अनलाइन संस्करणले खबर ब्रेक गरेको छ ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै उपचाररत उनको आज साँझ ५:५५ बजे निधन भएको हो ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् ।  घिमिरे  स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।उनका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती-मङ्गले’ गीतिनाटकलगायत प्रसिद्ध छन् ।

कमेन्ट गर्नुहोस्
Share: