२४ घण्टामा कुन जिल्लामा कति थपिए कोरोना संक्रमित?

Share:

काठमाडौँ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ । जसमध्य २१६ जना महिला र ४६५ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टामा सबै भन्दा धेरै काठमाडौँमा १३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पर्साका १०८, मोरङका ६९, रुपन्देहीका ५२, सुनसरीका ३६, धनुषाका २८, चितवनका २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाही र सिराहाका १९/१९ जना, बाँकेका १८, ललितपुर र सल्यानका १७/१७ जना, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुका १२/१२ जनामा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

यसैगरी जुम्लाका ९, भक्तपुरका ८, कपिलवस्तुका ६, कास्कीका ५, तनहुँ, रौतहट, दैलेख र डोटीका ४/४ जना, गोरखा, लम्जुङ, दाङ, अछाम र कैलालीका ३/३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुङ्गा,पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ ।

७ हजार ९ सय ८७ जना संस्था आइसोलेसनमा छन्। ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्।

हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टीनमा छन् । भेन्टिलेटरमा ६ जना संक्रमितको उपचार भइरहेको छ भने आइसियूमा १ सय ३१ जना रहेका छन्। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: